धनराज र ऋषिकेशलाई सरकारले जोगाइरहेको छ: माओवादी केन्द्र
२०८१ पुष १८ गते विहिबार
- बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने काम गरिरहेको बताए ।
काठमाडौ: नेकपा (माओवादी केन्द्र) ले सरकारले कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा दोषी देखिएपनि संरक्षण गर्ने काम गरेको आरोप लगाएको छ ।
बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने काम गरिरहेको बताए ।
उनले भने,‘भ्रष्टाचार गर्नेहरुको संरक्षणमा सरकार लागिरहेको छ । राम्रो काम गर्नेलाई हटाउने, आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने । आफ्नालाई जोगाउने कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा जोडिएको सिँधै छ तर कुनै कारबाही नै छैन् । त्यस्तै लेखा सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ ।’
त्यस्तै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको उदाहरण दिँदै सरकारले राम्रो काम गर्नेलाई हटाउन खोजिरहेको पनि बताए । यस्तै उनले सरकार विचार–शून्य रहेको भन्दै मूल्य, मान्यता र आदर्शपनि सरकारमा नरहेको आरोप लगाए
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’